• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

नेप्से परिसूचक १५.८२ अंकले गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ । सोमवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

सोमवार नेप्से ओरालो लागेपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै यता मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।