• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन

यो हो विश्वको सबैभन्दा धनी गाउँ, हरेक व्यक्तिको बैंक खातामा करोड रुपैयाँ !



एजेन्सी । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा कमैलाई थाहा छ । संसारमा एउटा यस्तो गाउँ छ जहाँ मानिसहरु लाखौं कमाउँछन् र उनीहरुसँग आलिशान घर छ । यो गाउँले ठूला सहरलाई पनि पछि पारेको छ । यो संसारकै धनी गाउँ मानिन्छ ।

यो गाउँ चीनको जिआङ्सु राज्यमा अवस्थित छ, जसको नाम वाक्शी हो । यो गाउँलाई चीनको सबैभन्दा धनी गाउँ भनिन्थ्यो । यस गाउँका बासिन्दाको जीवनशैलीले सहरमा बस्ने ठूला ठूला–ठूला व्यक्तिहरूलाई पछाडि छोडेको बताइन्छ ।

चीनको यो गाउँमा जुनसुकै देशको राजधानी जस्तो सुविधा पनि पाउन सकिन्छ । यो गाउँको सुविधा देखेर मानिसहरू यसलाई सुपर गाउँ पनि भन्ने गर्छन् । यस गाउँमा ७२ तलाको गगनचुम्बी भवन छ । यससँगै हेलिकप्टर ट्याक्सी, थिम पार्क र लक्जरी भिला पनि छन् ।

मिडिया रिपोर्टका अनुसार यस गाउँका २ हजार बासिन्दामध्ये प्रत्येक व्यक्तिसँग १ करोड ७० लाख रुपैयाँभन्दा बढी छ । यहाँ सबैजना भिलामा बस्छन् र सबैसँग लक्जरी कारहरू छन् । यो गाउँमा करिब दुई हजार मानिस बस्छन् । यहाँका मानिसहरु विलासी जीवनशैली बिताइरहेका छन् ।

चीनको वाक्शी गाउँमा स्टिल र ढुवानी जस्ता ठूला कम्पनीहरू छन्, गाउँका अधिकांश घरहरू समान रूपमा बनेका छन् । यी विलासी घरहरू कुनै होटलभन्दा कम देखिँदैनन् । यस गाउँका सडकहरूले मानिसहरूलाई आकर्षित गर्छन् । पहिले यो गाउँ गरिब थियो । यस गाउँलाई सफलताको शिखरमा पुर्याउने श्रेय कम्युनिष्ट पार्टीका स्थानीय सचिव वु राइनाबोलाई दिइन्छ ।

चीनको वाक्सी गाउँ कृषि प्रधान क्षेत्र हो, तर किसानहरूको विचारले यसलाई विश्वको धनी गाउँहरूमध्ये एक बनायो । मिडिया रिपोर्टका अनुसार यी गाउँहरू ६० को दशकमा बसोबास गरिएको थियो । यहाँ सबैले सामूहिक खेती गर्न थाले । गाउँमा फलाम तथा स्टिल उद्योग पनि स्थापना भएका छन् । २१ औं शताब्दीको सुरुमा, यहाँ १०० भन्दा बढी कम्पनीहरू थिए । तीमध्ये फलाम, स्टिल र तंबाकूको व्यवसायसँग सम्बन्धित कम्पनीहरू थिए ।