२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूससँग इन्धन किन्न श्रीलङ्का तयार



अ+ अ-

कोलम्बो । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ ।

एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।

युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन् ।

बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् । आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुईवर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

विदेशीमुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलङ्कालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन् ।