३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

झन्डै एक दशकपछि ‘ओ माइ गड २’ बन्ने भएपछि…



अ+ अ-

एजेन्सी । करिब एक दशकपछि हाल ‘ओ माइ गड’ को सिक्वल बन्ने भएपछि ‘ओ माइ गड २’ अहिले चर्चामा छ। आश्विन वरदेको प्रोडक्सनमा बन्न लागेको यो फिल्म अमित राईको निर्देशनमा बन्न लागेको हो।

‘ओ माइ गड २’ को मूख्य भूमिकामा अक्षय कुमार नै हुने भथ भएको छ। अक्षयसँग फिल्ममा यस पटक पंकज त्रिपाठी र अभिनेत्री यामी गौतम पनि देखिने भएको छ। 

बलिउड हंगामाका अनुसार दोस्रो भाग भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ। फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले खेल्ने छन्। अघिल्लो भागमा महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका परेश रावलको भने यस पटक देखिने छैनन्।  

‘ओ माइ गड २’ को कथा फिल्मले विद्यार्थीमा परिक्षाको दबाब र कलेज भर्नाजस्ता शैक्षिक विषय उठान गर्ने कोइमोइको भनाइ छ। हास्य-व्यंग्य ‘ओ माई गड २’ को सुटिङ दुई हप्ता अघिबाट सुरु भएको रिपब्लिक वर्ल्डले जनाएको छ। 

ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्म थियो। अभिनेता अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको यो फिल्मले व्यवसायिक सफलतासँगै आलोचना पनि खेप्नुपरेको थियो।