२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

झन्डै एक दशकपछि ‘ओ माइ गड २’ बन्ने भएपछि…



अ+ अ-

एजेन्सी । करिब एक दशकपछि हाल ‘ओ माइ गड’ को सिक्वल बन्ने भएपछि ‘ओ माइ गड २’ अहिले चर्चामा छ। आश्विन वरदेको प्रोडक्सनमा बन्न लागेको यो फिल्म अमित राईको निर्देशनमा बन्न लागेको हो।

‘ओ माइ गड २’ को मूख्य भूमिकामा अक्षय कुमार नै हुने भथ भएको छ। अक्षयसँग फिल्ममा यस पटक पंकज त्रिपाठी र अभिनेत्री यामी गौतम पनि देखिने भएको छ। 

बलिउड हंगामाका अनुसार दोस्रो भाग भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ। फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले खेल्ने छन्। अघिल्लो भागमा महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका परेश रावलको भने यस पटक देखिने छैनन्।  

‘ओ माइ गड २’ को कथा फिल्मले विद्यार्थीमा परिक्षाको दबाब र कलेज भर्नाजस्ता शैक्षिक विषय उठान गर्ने कोइमोइको भनाइ छ। हास्य-व्यंग्य ‘ओ माई गड २’ को सुटिङ दुई हप्ता अघिबाट सुरु भएको रिपब्लिक वर्ल्डले जनाएको छ। 

ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्म थियो। अभिनेता अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको यो फिल्मले व्यवसायिक सफलतासँगै आलोचना पनि खेप्नुपरेको थियो।