४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नेपालमा वालेट प्रयोगकर्ता बढ्दै, के हो वालेट ?

नेपालमा वालेट प्रयोगकर्ता बढ्दै, के हो वालेट ?
अ+ अ-

काठमाडौं । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै “वालेट”का प्रयोगकर्ताको संख्या नेपालमा व्यापक रुपमा बढ्दै गएको छ । प्रयोगका लागि सजिलो भएकाले पनि वालेटमा मानिसको आकर्षण बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यही २०७८ सालको असार महिनासम्ममा देशभर ८८ लाख ८५ हजार ९१४ जनाले यो सेवा प्रयोग गरिरहेका छन् । जेठ महिनामा यो संख्या ८५ लाख ६८ हजार ७०५ थियो अर्थात् एकै महिनामा तीन लाख १७ हजार २०९ जना वालेट सेवामा जोडिएका थिए ।

त्यस्तै, असारमा मात्र वालेटबाट करिब १२ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । जबकी जेठ महिनामा आठ अर्ब ३५ करोड ३० लाखको कारोबार भएको थियो । माथिका दुई विवरणले वालेट प्रयोगकर्ताको संख्या र कारोबार रकम दुबैमा उल्लेख्य वृद्धि भइरहेको देखाउँछ ।

वालेट के हो ?
वालेटलाई नेपाली भाषामा सामान्यतया पैसा राख्ने “थैली” भन्न सकिन्छ । तर आजभोलि वालेटहरुलाई डिजिटल थैली अर्थात् पैसा राख्ने र खर्च वा कारोबार गर्ने विद्युतीय प्रणाली भन्ने बुझिन्छ । अर्थात् यी प्राकृतिक व्यक्ति वा संस्थाका वित्तीय व्यवस्थापक हुन् । 

नेपालमा वालेट कस्ता छन् ?
नेपाली बजारमा पनि डिजिटल वालेटहरु थुप्रै भइसके । यी वालेटका उदाहरणहरुमा इसेवा, खल्ती, आइएमई पे इत्यादि हुन् ।  नेपालका उत्कृष्ट ५ वालेटहरु:
१. इसेवा   
२. खल्ती    
३. आइएमइ पे     
४. प्रभु पे     
५. इनेट पे

यी वालेटबाट अनेक सुविधा प्राप्त गर्न सकिन्छ । डिजिटल मोबाइलमा वालेटहरु डाउनलोड गरेर निर्देशन बमोजिम रजिस्टर गरेपछि यो सेवा तत्कालै शुरु गर्न सकिन्छ । सेवाग्राहीले आफ्नो परिचय राम्रोसँग भरेलगत्तै प्राप्त हुने यो सेवाको प्रयोगबाट अनेक सुविधा लिन सकिन्छ, त्यो पनि बिना झन्झट ।

उदाहरणका लागि, हाल नेपालमा सबैभन्दा लोकप्रिय इसेवाको वालेट मोबाइलमा डाउनलोड गरेर रजिस्टर गरेलगत्तै सेवाहरु प्राप्त गर्न सकिन्छ । इसेवाले हाल नयाँनयाँ सेवा प्रदान गरिरहेको छ । जस्तैः बिमानसेवाको टिकट काट्ने, स्कुल कलेजको शुल्क भुक्तानी गर्ने, टेलिफोन, इन्टरनेट, विद्युत र खानेपानीको भुक्तानी गर्ने, विभिन्न टेलिभिजनको रिचार्ज र भुक्तानी गर्ने, बस–टुर्स–ट्राभल्सका टिकट काट्ने, क्रेडिट कार्ड भुक्तानी, विभिन्न इन्सुरेन्स कम्पनीका प्रिमियम लगायतका भुक्तानी, सिनेमाको टिकट गर्ने लगायतका सेवा इसेवामा उपलब्ध छन् ।

त्यस्तै, सवारी साधनका ब्लुबुकको नवीकरण, विभिन्न निकायका परीक्षा दस्तुर, विभिन्न संस्थामा खुलेका विज्ञापनका शुल्क भुक्तानी, घरयासी सामानको खरिद भुक्तानी, स्टक ब्रोकरको नवीकरण र अन्य भुक्तानी, अस्पतालका सेवाको भुक्तानी, अनलाइन सपिङ, विभिन्न रेस्टुराँको खाना अर्डरको भुक्तानी लगायतका सुविधा इसेवाले दिइरहेको छ । यससँगै, बैंकका खातामा पैसा पठाउन, प्राप्त गर्न र रकम ट्रान्सफर गर्न समेत सकिने व्यवस्था इसेवामा उपलब्ध छ ।

त्यस्तै, पछिल्लो समय तिब्र गतिका साथ बजार विस्तार गरिरहेको र ग्राहकबीच लोकप्रिय हुँदै गरेको आइएमई पे मा पनि धेरै सुविधा उपलब्ध छन् । आइएमई पे का अनुसार हाल यस वालेटमा विदेशमा कमाएको पैसा (रेमिट्यान्स) सोझै नेपालमा रहेका आफन्त वा ग्राहकको खातामा सुरक्षित र तत्क्षण ट्रान्सफर हुन्छ । यसैगरी, यस वालेट मार्फत परिवार र साथीभाइ, कुनै मोबाइल नम्बर र कुनै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिन्छ । नेपाल टेलिकम, एनसेल र स्मार्टसेलका मोबाइलमा टपअप गर्न, नेपाल टेलिकमको ल्यान्डलाइनको भुक्तानी गर्न, विद्युतको महशुल तिर्न, खानेपानीको भुक्तानी गर्न, टेलिभिजनको महशुल भुक्तानी गर्न, इन्टरनेटको बिल तिर्न, बीमा भुक्तानी, डिम्याट, टिकेटिङ, क्रेडिट कार्ड भुक्तानी, मर्चेन्ट बैंक समेतका विभिन्न सेवाका लागि आइएमई पे को प्रयोग गर्न सकिन्छ । 

त्यस्तै, अर्को लोकप्रिय डिजिटल वालेट खल्तीले पनि ग्राहकलाई सुविधा पुग्ने गरी अनेक किसिमका सेवा दिइरहेको छ । खल्तीका अनुसार हाल टपअप, डिटिएच, इन्टरनेट, विद्युत, खानेपानी, बीमा, बिमान, मुभी, होटल लगायतमा सेवा प्रदान गरिरहेको छ । इसेवा, खल्ती जस्ता डिजिटल वालेटले ग्राहकलाई दैनिक कारोबारमा निश्चित रकम फिर्ता गर्ने गरेका छन् । 

वालेटमा पैसा कसरी राख्ने ?
डिजिटल वालेटमा सहजै पैसा राख्न र आवश्यकता अनुसार खर्च गर्न सकिन्छ । इसेवा, खल्ती, आइएमई पे जस्ता वालेटमा तोकिएका बैंकबाट पैसा ट्रान्सफर वा लोड गर्न सकिन्छ । साथै, साथीभाइ, इष्टमित्रले पनि आफ्नो वालेटमा रकम ट्रान्सफर गरिदिन सक्छन् । 

हाल नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा कति पैसा राख्न वा खर्च गर्न सकिन्छ भनेर केही नियमन गरेको छ, तर विगतको भन्दा यसमा व्यापक सुधार हुँदै गएको छ । लोड गरिने वा अर्को खातामा ट्रान्सफर गरिने रकमको दायरा बढ्दै गएको छ । 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको डिजिटल भुक्तानी सम्बन्धी एकीकृत निर्देशिकामा वालेटबाट हुने कारोबारको सीमा बढाइएको छ । बैंकका अनुसार बैंक खाताबाट वालेटमा प्रति कारोबार रु. ५० हजार, प्रति दिन एक लाख र प्रति महिना १० लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, वालेटबाट अन्य बैंक खातामा प्रति कारोबार ५० हजार, प्रति दिन एक लाख र प्रति महिना १० लाख गर्न सकिने छ । एक वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार, प्रति दिन १ लाख र प्रति महिना ५ लाखको सीमा रहेको छ ।
तर वालेटमा अधिकतम ५० हजारभन्दा बढी मौज्दात राख्न नपाइने बैंकले जनाएको छ । सो सीमाभन्दा बढी भएमा ग्राहकले आफ्नो बैंकमा त्यस्तो रकम ट्रान्सफर गर्नुपर्ने हुन्छ । 

वालेट खोल्न र चलाउन सामान्यतया स्मार्ट फोन, आइप्याड, डेस्कटप कम्प्युटर जस्ता उपकरण जरुरी हुन्छ । प्राविधिक रुपमा यी सेवा चलाउन निकै सहज हुने भए पनि अझै ठूलो संख्यामा मानिसलाई यसबारे ज्ञान छैन । एप्स डाउनलोड गर्ने, रजिष्टर गर्ने र सेवा लिने तरिकाका बारेमा जनमानसलाई बुझाउन अझै जरुरी छ । यी सेवाबाट प्रयोगबाट आम मानिसको दैनिक जीवन सहज हुने मात्र होइन, समयको समेत बचत हुन्छ ।