• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

शेरबहादुर तामाङ– गाँजाबाट औषधि बन्न सक्छ, व्यवस्थित बनाऔँ



काठमाडौँ । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजाको उत्पादनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले प्रतिबन्धित गाँजाको औषधिय गुणलाई व्यवस्थित बनाउनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार गाँजामा सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने औषधीय गुण रहेको बताउनुभयो ।

उहाँका अनुसार यसको खेतीबाट नेपालको पूर्वाधार विकास र मुलुकको १६ खर्ब ऋण एकाध वर्षमै तिर्न सकिन्छ । नेपालमा अहिले गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेको छ ।