१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्की रूससँग वार्ता गर्न तयार, तर बेलारुसमा होइन



अ+ अ-

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार युक्रेन रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । 

तर उनले छिमेकी बेलारुसमा वार्ताको आमन्त्रणलाई अस्वीकार गरेका छन् । 

मस्कोको आक्रमणको लन्चप्याडको रूपमा बेलारुस प्रयोग गरिँदै आएकोले उनले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेका हुन् । 

यसैबीच अमेरिका, बेलायत, युरोप र क्यानडाले मस्को विरुद्ध अर्को चरणको प्रतिबन्धका रुपमा स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा रुसको पहुँचमा रोक लगाएका छन् । मस्कोले युक्रेनमाथि सङ्घर्ष जारी राखेकाले उनीहरुले नयाँ प्रतिबन्ध लगाएका हुन् । फ्रान्स२४