२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसारण लाइनको तारमा पुगेर दिनभर ‘तनाव दिएका’ व्यक्तिको उद्धार गरियो



अ+ अ-

काठमाण्डौ । विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभर विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नेपाली सेनाले नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको लिखु गाउँपालिकाबाट उद्धार गरेको हो ।

उनको उद्धार गर्नका लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो ।

नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।

शनिबार करिब १० बजे तीर स्थानीय बासिन्दाले उनि तारमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तल झर्नका लागि आग्रह गरेपनि उनले टेरेका थिएनन् ।

मानिस तारमा हिडेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन चार घण्टादेखि बन्द गरिएको थियो ।