१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाह अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले आज उहाँलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तपत्र हस्तान्तरण गर्नुभएको हो । शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताइएको छ ।

शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी उहाँले गैरआवासीय नेपाली सङ्घ अष्टे«लियाका लागि उपाध्यक्ष भएर काम गरिसक्नुभएको बताइएको छ ।

कला क्षेत्रमासमेत रुचि राख्ने शाहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको मन्त्रालयले जनाएको छ ।