२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक: मुख्यमन्त्री राउत



फाईल फोटो
अ+ अ-

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने विकास निर्माण त्यही ठाउँमा गर्नुपर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्यबिना समृद्धि र विकास सम्भव छैन ।”

मुख्यमन्त्री राउतले स्थानीय सरकारहरूले ल्याउने विकास निर्माणको योजनाहरूमा काँधमा काँध मिलाएर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध जानकारी दिनुभयो । प्रशिक्षणमा सरकार सञ्चालन तथा विकास निर्माणसँग सम्बन्धित जानकारी दिइने जनाइएको छ ।

मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनुषा र पर्साबाहेक छ जिल्लास्थित स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता छ । प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।




भर्खरै