• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

प्रधानमन्त्री देउवाको गृहमन्त्री खाणलाई निर्देशन, मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर



file

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विपन्न नागरिकलाई चर्को ब्याजमा ऋण दिएर शोषण गरेका सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गाविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई पक्रन निर्देशन दिनुभएको हो ।

मिटरब्याजी तेलीका बारेमा समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा सांसदहरुले तेलीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका थिए ।