काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नाम्ग्या सी खम्पाबीच भेटवार्ता भएको छ ।
सेनाको मुख्यालय भद्रकालीमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
सेनाले यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने दावी गरेको छ ।