• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज आयोजित एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । उहाँले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

प्रहरीले चालु आव २०७८/०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ४३ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाएको छ । रासस