• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख आइपुगे काठमाडौँ



अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

नयाँ दिल्लीहुँदै उनी मध्याह्न १२ बजे अमेरिकी सेनाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।

नेपाली सेनाका अनुसार भोलि शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने छन् । शुक्रबार नै प्रधानसेनापति शर्माले सैनिक जनरलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।

नेपाल भ्रमणका क्रममा सैनिक जनरल फ्लिन शनिबार माउन्टेन फ्लाइटबाट सगरमाथा आधार शिविर भ्रमण गर्ने र सोलुखुम्बुको नाम्चे बजारमाथि रहेको एभरेष्ट भ्यू होटलमा दिवाभोज गर्ने कार्यक्रम छ ।

सैनिक जनरल फ्लिनको आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।