१० मंसिर २०८१, सोमबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी एसियन कप छनोट: नेपाल जोर्डनसँग पराजित



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल ग-यो । पहिलो हाफको ४३औँ मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन । गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो ।

दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले एक एक गोल गरे । ओल्वानले खेलको ६९औँ मिनेटमा तथा दारदौरले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए । नेपाल भने गोल गर्नबाट चुक्यो । नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ । नेपालले अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ ।