११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरिशङ्कर वेदिङमा जोडियो राष्ट्रिय प्रसारण लाइन: च्छोरोल्पा जाने पर्याटकलाई सहज



अ+ अ-

चरीकोट । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ ।

गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरिशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरिशङ्करको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरुमा विद्युत्लाई विस्तार गरिएको हो ।

स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा समेत आवश्यक सहयोगसमेत गरेपछि गाउँमा बिजुली बत्ती आएको स्थानीय शिक्षक बोलेन्द्र आचार्यले जानकारी दिनुभयो । जिल्लाकै उत्तरी क्षेत्र र हिमाली उच्च क्षेत्र भएका कारण तथा यातायातको सुविधा नभएपश्चात् प्रसारण लाइन जडानका लागि निकै चुनौती रहेको र लामो समयदेखि निरन्तर कार्य जारी रहेपश्चात् गाउँमा बिजुली पुगेको जनाइएको छ । अहिले सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।

गौरिशङ्कर–९ स्थित सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतका बस्तीहरुमा राष्ट्रिय केन्द्रीय प्रसारण लाइनको बिजुली बल्न सुरु भएपछि च्छोरोल्पा जाने पर्यटकहरुका लागि सबैभन्दा बढी सहज भएको छ । एक हप्तासम्मको यात्रामा च्छोरोल्पा जाने पर्यटकलाई मोबाइल, टर्च र क्यामेराको ब्याट्री लगायतका विद्युतीय उपकरणहरु चार्जका लागि बिजुली चाहिने भए तापनि विद्युत् नहुँदा समस्या हुँदै आएको अब उक्त समस्याको समाधान भएको छ ।

वर्षमा हजाराँै पर्याटकहरु पैदल मार्ग हुँदै हप्तादिनको यात्रामा च्छोरोल्पा जाने गर्दछन् । बाटोमा खाना बस्नको राम्रो व्यवस्थापन र पैदल मार्गका लागि च्छोतदेखि हिमतालसम्मै पुग्ने बाटो राम्रो तरिकाले निर्माण गरेपछि पर्यटकहरु थप वृद्धि भएको स्थानीयवासी छिरिङ शेर्पाले बताउनुभयो । बाटोमा बस्दै रमाइलो गर्दै जाने पर्यटकहरुका लागि विद्युत् सेवा विस्तार भएपछि थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा रहेको छ ।

च्छोरोल्पा हिमतालमा पैदल यात्रामार्फत जान नसक्ने कतिपय पर्यटकहरु हेलीमार्फत पनि उक्त क्षेत्रमा भ्रमणमा जाने गरेको पाइन्छ । गैरिशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने यस हिमतालमा जाने पर्यटकहरुलाई सहज गराउनका लागि संरक्षण क्षेत्रले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गौरिशङ्कर गाउँपालिका–९ का ठाङ्दिङ्ग, उतिसे र केताङ्गमा अझै विद्युतीकरणको कार्य बाँकी रहेको छ ।