११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय र प्रहरीबीच बञ्चरेडाँडामा झडप



अ+ अ-

काठमाडौँ । फोहोर विसर्जन गर्न अवरोध गर्ने स्थानीयवासी र प्रहरीबीच बन्चरेडाँडामा झडप भएको छ । स्थानीयवासीको अवरोध हटाउन बन्चरेडाँडामा दुई सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीलाई समेत खटाइएको छ ।

स्थानीयवासीले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ । दुवै पक्षबीच झडप भएपछि अहिले त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । प्रहरीका अनुसार स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको र दुई सेल अश्रु ग्यास प्रहार गरेको बताएको छ ।

स्थानीयवासीले फोहोर बोक्ने गाडीलाई विसर्जन स्थल पुग्न नदिन बाटोमा ढुंगामुढा तेस्र्याएर अवरोध गरेका छन् ।

यसअघि काठमाडौँ महानगर, सहरी विकास मन्त्रालय तथा काठमाडौँ, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच बन्चरेडाँडामा फोहोर विसर्जन गर्न सहमति भएको थियो । तर स्थानीयवासीले फोहोर विसर्जन गर्ने स्थानमा अवरोध गरिरहेका छन् ।