२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय र प्रहरीबीच बञ्चरेडाँडामा झडप



अ+ अ-

काठमाडौँ । फोहोर विसर्जन गर्न अवरोध गर्ने स्थानीयवासी र प्रहरीबीच बन्चरेडाँडामा झडप भएको छ । स्थानीयवासीको अवरोध हटाउन बन्चरेडाँडामा दुई सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीलाई समेत खटाइएको छ ।

स्थानीयवासीले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ । दुवै पक्षबीच झडप भएपछि अहिले त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । प्रहरीका अनुसार स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको र दुई सेल अश्रु ग्यास प्रहार गरेको बताएको छ ।

स्थानीयवासीले फोहोर बोक्ने गाडीलाई विसर्जन स्थल पुग्न नदिन बाटोमा ढुंगामुढा तेस्र्याएर अवरोध गरेका छन् ।

यसअघि काठमाडौँ महानगर, सहरी विकास मन्त्रालय तथा काठमाडौँ, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच बन्चरेडाँडामा फोहोर विसर्जन गर्न सहमति भएको थियो । तर स्थानीयवासीले फोहोर विसर्जन गर्ने स्थानमा अवरोध गरिरहेका छन् ।