२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोस्टरलिमाब : क्यान्सरको औषधि, परीक्षणका क्रममा छ महिनामै रोग निर्मूल



अ+ अ-

वासिंटन । क्यान्सरका बिरामीमा गरिएको औषधिको परीक्षणले विश्वको ध्यानाकर्षण भएको छ । किनभने यो औषधिको परीक्षणमा संलग्न १८ बिरामीको शरीरबाट क्यान्सर पूर्णरूपमा निर्मूल भएको थियो ।

यो परीक्षण मलद्वारको क्यान्सरसँग सम्बन्धित बिरामीहरूमा गरिएको हो। औषधि सेवन गरेको छ महिनामै बिरामीको शरीरबाट उक्त क्यान्सर पूरै गायब भएको थियो ।

यो औषधिको नाम डोस्टरलिमाब हो। यो अझै पनि बेलायतमा गर्भाशयसँग सम्बन्धित क्यान्सरका लागि प्रयोग गरिन्छ।

न्युयोर्कको स्लोन केटरिङ क्यान्सर सेन्टरले क्लिनिकल परीक्षणमा यो औषधिबाट उत्कृष्ट नतिजा ल्याएको छ । यस क्लिनिकल परीक्षणमा १८ बिरामी समावेश थिए। उनीहरुलाई छ महिनासम्म औषधि दिइएको थियो ।

छ महिनासम्म उनीहरुको क्यान्सर परीक्षण गर्दा डाक्टरहरू छक्क परे । उनीहरुको शरीरमा क्यान्सरको कुनै निशान भेटिएको छैन । एन्डोस्कोपी गरे पनि डाक्टरले क्यान्सर पत्ता लगाएनन् । अर्थात् यो औषधिले क्यान्सरलाई पूर्णरूपमा निर्मूल पारेको छ ।

औषधिले कसरी काम गर्छ

डोस्टरलिमाब म्यासाचुसेट्सको कम्पनी टेसारोद्वारा बनाइएको थियो। सन् २०१९ मा यो कम्पनी ग्ल्याक्सोस्मिथक्लाइनले किनेको थियो। डोस्टरलिमाबको ब्रान्ड नाम जेम्पार्ली हो।

सन् २०२१ मा यो औषधि अमेरिकामा पहिलो पटक स्वीकृत भएको थियो। यो औषधि एक मोनोक्लोनल एन्टिबडी हो। यो एन्टिबडी प्रयोगशालामा बनाइएको हो । यी एन्टिबडीहरूले विशेष रोगसँग लड्न काम गर्छन्।

डोस्टरलिमाब विशेषगरी पीडी–१ भनिने क्यान्सर कोशिकाहरूमा संलग्न एक विशेष प्रोटीन ब्लक गर्न डिजाइन गरिएको हो। एन्टिबडीहरू क्यान्सर कोशिकाहरूमा टाँसिन्छन्।

यस कारण लुकेका क्यान्सर कोशिकाहरू शरीरको प्रतिरक्षा प्रणालीमा देखिन्छन् र यसले तिनीहरूलाई मार्छ। परीक्षणमा समावेश गरिएका सबै क्यान्सर रोगीहरूसँग मिसम्याच रिपेयर डिफिसेन्सीहरू थिए।

यसमा नयाँ कोशिकाहरू द्रुत रूपमा बन्न थाल्छन् र शरीरले तिनीहरूलाई ठीक गर्न सक्दैन, जसका कारण तिनीहरूले क्यान्सरको रूप लिन्छन्। मलद्वारको क्यान्सर भएका १० प्रतिशत बिरामीहरूमा मिसम्याच रिपेयर डिफिसेन्सी हुन्छ।

यस्तो थियो औषधिको परीक्षण

परीक्षणमा संलग्न १८ जना सबैको क्यान्सरको उपचार भइसकेको चिकित्सकले बताएका छन् । उनीहरु केमोथेरापी र अन्य शल्यक्रिया गर्न चाहँदैन थिए। यस अध्ययनका सबै बिरामीहरूलाई छ महिनासम्म प्रत्येक तीन हप्तामा औषधि दिइयो।

छ महिनासम्म अनुसन्धानकर्ताहरूले बिरामीहरूको फलोअप गरे। जहाँ उनीहरुलाई क्यान्सरको कुनै लक्षण भेटिएन ।

डोस्टरलिमाब औषधिको मूल्यको कुरा गर्दा अमेरिकामा ५०० एमजीको मूल्य ११,००० डलर रहेको छ । तर, छुटमा उपलब्ध गराइने बताइएको छ ।

यो औषधि प्रत्येक वर्ष १०० बिरामीलाई दिइन्छ। यस औषधिको उद्देश्य बिरामीहरूलाई केमोथेरापी र लेजर थेरापीबाट बचाउनु हो।

अब यी क्यान्सर रोगीहरूको परीक्षण गरिने

यस शोधपत्रका प्रमुख लेखक तथा ह्वाइट हाउसको राष्ट्रिय क्यान्सर सल्लाहकार बोर्डका सदस्य डा लुइस डियाजले भने, “क्यान्सरको इतिहासमा यो पहिलो पटक भएको हो । यो मानव जीवन बचाउनका लागि ठूलो कदम हो। हामी यो औषधिमार्फत बाँकी क्यान्सर निको पार्ने प्रयास गर्नेछौँ। हामीले मिसम्याच रिपेयर डिफिसेन्सीबाट पीडित बिरामीहरूलाई सुधार गर्न पनि काम गर्नेछौँ। हामी हाल कोलोन, प्रोस्टेट र प्यान्क्रियाटिक क्यान्सर भएका बिरामीहरूलाई क्लिनिकल परीक्षणहरूक लागि भर्ना गर्दैछौँ।” एजेन्सीको सहयोगमा

 

 




भर्खरै