११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदद्वारा महिला हिंसा अन्त्यको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषी उपर कारवाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “महिलाले कहिलेसम्म हिंसाको नामका ज्यान गुमाउनुपर्ने हो ?, यस्ता घटनामा संलग्न व्यक्तिलाई सरकारले किन कारवाही गर्न सक्दैन ?”

सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालमा महिला हिंसाका घटनाबारे भएका जथाभावी अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई कारवाहीको माग गर्नुभयो ।

सांसद उद्यबहादुर बोहराले सल्यानमा काठको तस्करी भइरहेकाबारे ध्यानाकर्षण गराउँदै मापदण्ड विपरित क्रसर सञ्चालन गर्ने र नदी उत्खनन गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिनुभयो । सांसद गोपालकुमार बस्नतले भन्नुभयो, “ठेक्का प्रक्रिया सुरु गर्ने तर ठेक्काको काम अधुरो छाड्ने ठेकदारमाथि कारवाही हुन्छ कि हुँदैन ?”

सांसद तुलप्रसाद विश्वकर्माले नवलपरासी–पूर्वमा पछिल्लो समयमा भएको जातीय भेदभाव तथा छुवाछूतको घटनालाई जवरजस्ती मिलापत्र गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद दुर्गा गुरुङले सुर्खेतका किसानले अहिलेसम्म पनि मल पाउन सकेका छैनन, सहजरुपमा मल कहिले पाइन्छ भनी प्रश्न गर्नुभयो ।

सांसद नारणदत्त मिश्रले रासायनिक मलको अभाव पूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भुवनबहादुर सुनार, मदनकुमारी शाह (गरिमा) र युवराज शर्माले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।