१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा बिरामीको चाप



फोटो : फाइल
अ+ अ-

वालिङ । मौसममा आएको परिवर्तनसँगै वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ । केही दिन यता गर्मी बढेसँगै विभिन्न रोगका बिरामी अस्पतालमा उपचारका लागि आउनेक्रम बढेको सूचना अधिकारी उदय पौडेलले जानकारी दिनुभयो ।

“सामान्यतया दैनिक १५० देखि २०० ले सेवा लिनुहुन्छ”, उहाँले भन्नुभयो, “मौसम परिवर्तनसँगै अहिले दैनिक ३०० बढीले सेवा लिन थाल्नुभएको छ ।” उपचारमा आउने बिरामीमा बढी ज्वरो र झाडापखाला, बान्ता लगायतका छन् । “मौसम परिवर्तन, दुषित खानेपानी तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएकोले पानी शुद्धिकरण गरेर खाने, बासी सडेगलेका वा बाहिर जहाँ पायो त्यहीँको खानेकुरा नखान सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतका केही भेगका बासिन्दाले प्रत्यक्ष सेवा लिन्छन् ।”

बिरामीको अवस्था हेरेर केहीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ । केहीलाई औषधि र आवश्यक परामर्शसहित घरमै सुरक्षित रहन अनुरोधसहित पठाउने गरिएको छ । उपचारमा आउने बिरामीमा विशेष गरी ज्वरो आउने, खोकी लाग्ने, खान मन नलाग्ने, शरीर दुख्ने, बान्ता हुने, झाडापखला, आउँ, टाइफाइडका लक्षणहरु भेटिएको उहाँले बताउनुभयो ।