७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल

खाद्य अधिकार कार्यान्वयन गर्न माग

खाद्य अधिकार कार्यान्वयन गर्न माग
अ+ अ-

सप्तरी । खाद्य अधिकारको विषयमा संविधान र कानुनमा भएको व्यवस्था व्यवहारमा कार्यान्वयन हुनुपर्ने माग आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीले खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार सर्वसाधारणले उपभोग गर्ने खाद्य पदार्थको गुणस्तर कायम राख्न अनुगमनलाई निरन्तरता दिन माग गरे ।

मानव अधिकार निगरानी समूह विष्णुपुरका सचिव अनिलकुमार साहले बजारको नियमित अनुमगन र आवश्यक कारबाही नहुँदा गुणस्तरहीन खाद्य पदार्थ उपभोग गर्न नागरिक बाध्य हुनु परेको गुनासो गर्नुभयो । उपभोग्य मिति नभएको, उपभोग्य मिति समाप्त भएको, अखाद्य रङ्ग मिसिएको र गुणस्तरहीन सामग्री बिक्री गर्नेमाथि कडा कारबाही सुरु गरिए मात्र सुधार आउने उहाँले बताउनुभयो ।

रुद्रनारायण मावि गोरगमाका शिक्षक अर्जुनकुमार यादवले खाद्य पदार्थको गुणस्तर कायम राख्न गठित सरोकारवाला निकायको उदासीनताप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले व्यापारीहरुको मनोमानीका कारण गुणस्तरीय खाद्य सामग्री उपभोगको अधिकार प्रभावकारी हुन नसकेको बताउनुभयो । विद्यालयको आसपास बिक्री गरिने चटपटे, नास्ताका कारण विद्यार्थीहरु बिरामी पर्ने गरेको र विद्यालयमै शुद्ध खानेपानीको अभाव रहेको अभिभावक पुनम मण्डलले बताउनुभयो ।

कार्यक्रमका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले खाद्य पदार्थको गुणस्तर कायम राख्न सरोकारवाला कार्यालय, व्यवसायीका साथै उपभोक्ताको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले खाद्य पदार्थ खरिद गर्दा उपभोग्य मिति हेरेर खरिद गर्ने तथा मिति समाप्त भएको र गुणस्तरमा शङ्का लागे उजुरी गर्ने बानी बसाले मात्र पनि धेरै सुधार आउने स्पष्ट पार्नुभयो ।

खाद्य लेबलमा सम्पूर्ण सम्मिश्रणको विवरण, उत्पादक ठेगाना, ब्याच नम्बर, उत्पादन मिति, उपभोग मिति, उत्पादनको नाम, खुद र कूल तौल/आयतन स्पष्ट साथ हुनै पर्ने प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँले होटेल रेष्टुरेन्ट लगायतका खाद्य व्यवसायीहरुले पूरा गर्नुपर्ने न्यूनतम कार्यहरुबारे जानकारी दिनुहुँदै खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय गुणस्तरका लागि प्रयासरत रहेको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा आयोजित कार्यक्रममा सहजकर्ता दीपककुमार यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा इन्सेकले निरन्तर छलफल, अन्तरक्रिया गरेर सचेतना अभिवृद्धि गरिरहेको जानकारी दिनुभयो ।