८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 2.57

Humidity: 42

Latest
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परीक्षा र एलेक्सको पात्र परिचय बूढानीलकण्ठमा झाडीभित्र पुरुषको शव फेला शिक्षक आन्दोलन: पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्‍यो: युक्रेन आगामी बजेटमा मन्त्रालयअन्तर्गत नयाँ योजना थप्ने स्थिति शुन्य जस्तै छः पर्यटनसचिव सिंह ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासिए मौलिकता झल्काउने बागलुङको घुमाउने घर



अ+ अ-

गलकोट । बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन् ।

ढुङ्गा माटोको गारो । रातो माटो र सेतो कमेरोले पोतिएका घुमाउने घर केही वर्ष अघिसम्म देख्न पाइन्थो, अहिले घुमाउने घर बिरलै देख्न सकिन्छ । आधुनिक घर निर्माणसँगै घुमाउने घर अहिले देख्नै छाडिएको छ । बागलुङका धेरै स्थानमा घर, टिन तथा ढुङ्गाले छाएका घुमाउने घर मासिएका छन् । केही सीमित स्थानमा मात्रै संरक्षण गरेर राखिएका छन् । महत्व नबुझ्दा र आधुनिकताका नाममा आरसिसी घर निर्माणले तीव्रता पाउँदा घुमाउने घर सङ्कटमा परेका छन् ।

केही स्थानीयवासीले मात्रै घुमाउने घरलाई संरक्षण गरेर राखेका छन् । तीन पुस्ता परिवारका सदस्य हुर्काएको घुमाउने घरलाई संरक्षण गरेर राखेको बागलुङ नगरपालिका–६ लङ्गाउँका सिर्जना थापाले बताउनुभयो । “हजुरबुबाको पालाको घर संरक्षण गरेर राखेकी छु, धेरैले फोटो, टिकटक र भिडियो बनाएर लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “लोप हुन थालेपछि यस्ता घरको खोजी, चासो र चिन्ता बढेको छ ।”

विशेषगरी मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर सङ्कटमा परेको गलकोट नगरपालिका–१० का चन्द्रबहादुर घर्ती मगर बताउनुहुन्छ । गाउँमा भएका त्यस्ता घर पनि जीर्ण बनेका छन् । पर्यटकका लागि रोजाइमा पर्ने भएकाले घुमाउने घरको संरक्षणमा स्थानीय लाग्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीयवासी चन्द्रकली विक अहिलेका घरभन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी र डकर्मी पाउन मुश्किल भएको बताउनुहुन्छ । ग्रामीण क्षेत्रमा सहरबजारमा जस्तै आधुनिक शैलीका पक्की घर बन्न थालेपछि घुमाउने घरसँगै ढुङ्गे घर लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवन र पहिचान बोकेका भए पनि स्थानीय तहले संरक्षणमा चासो देखाएका छैनन् । परम्परागत मौलिक घुमाउने घर संरक्षण गर्न सके घरबाससमेत फस्टाउने अवस्था छ ।