२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोटः नेपालले जोर्डनविरुद्ध खेल्दै



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (बुधबार) राति जोर्डनको सामना गर्दैछ । कुवेतको जाबिर अल अहमद मैदानमा नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्धको खेल चुनौतिपूर्ण हुनेछ ।

प्रि म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले जोर्डनविरुद्ध दबाब रहित खेल्ने बताएका छन् । किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ । श्रेष्ठले आफ्नो उत्कृष्ट प्रदर्शन दिने र सबै कुरा प्रदर्शनमा निर्भर रहने बताएका छन् ।

जोर्डन फिफा वरियताको ९१ औं स्थानमा रहको छ भने नेपाल १६८ औं स्थानमा छ । यस्तै, नेपाली टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकाले प्रशिक्षक अबदुल्लाह अलमुताइरीको जोर्डनबिरुद्धको खेल अग्नि परीक्षाको रुपमा हेरिएको छ । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिष्पर्धा भएको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनबिरुद्ध तीन खेल गुमाएको छ । एक खेलभने बराबरी खेलेको छ ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । यही खेल नै चार भेट मध्येको सुखद नजिता हो ।

नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो । विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो । पछिल्लो पटक नेपालले जोर्डनसँग फिफा विश्वकप छनोट तथा एशियन कप छनोटको दोस्रो चरणमा प्रतिष्पर्धा गरेको थियो । गत वर्षको जेठमा कुवेतमा नै भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । जहाँ नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।छनोटको समूह ‘ए’ मा नेपाल, जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ भने उत्कृष्ट हुने दोस्रो टोलीले पनि एसियन कपमा स्थान बनाउनेछ ।