२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिगः जर्मनी र इंग्ल्याण्डको बराबरी



अ+ अ-

एजेन्सी । नेसन्स लिगको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इंग्ल्याण्डले बराबरी खेलेका छन् ।

मंगलबार राति जर्मनीको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ५० औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्यारी केनले इंग्ल्याण्डको हार टारे ।

लिग ए ग्रुप ३ मा २ अंकसहित जर्मनी तेस्रो स्थानमा रहँदा १ अंकसहित इंग्ल्याण्ड चौंथो स्थानमा रहेको छ । ४ अंकसहित इटाली शीर्षस्थानमा रहँदा ३ अंकसहित हँगेरी दोस्रो स्थानमा रहेको छ ।