१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै ब्यहोर्नुपर्छः किरण पौडेल



अ+ अ-

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिदैँ राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजी सहित चर्को आलोचना गरिएको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले यदि राज्यको सुरक्षाको लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरुलाई पोस्ने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘राज्यको सुरक्षा गर्ने दायित्व सरकारको हो भने त्यसमा लगानी गर्ने, खर्च गर्ने बजेट पनि सरकारले जुटाउनुपर्छ । जनताको गोजीबाट लिएर लुटेको पैसाले इम्बोस्ड प्लेट हाल्ने र राज्य सुरक्षाको नाममा दोहन गरेर माफियाहरुलाई पोस्ने काम यो सरकारले गरिरहेको छ । यो इम्बोस्ड प्लेट लागु गर्ने नाममा बाहिर देखाइएको छ राष्ट्रिय सुरक्षाको हितको विषय, यातायात व्यवस्थापनको विषय तर त्यहाँ भित्र केही माफियाहरु, यसको योजना बाहिरबाट बनेको होइन ।

शेरबहादुर देउवाको निवास बुढानिलकण्ठबाट र प्रधानमन्त्री निवास बालुवाटार बाटै बनेको योजना हो यो । त्यो योजना अनुसार सेटिङका आधारमा अहिले एक महिनाभित्र सबै जनतालाई इम्बोस्ड प्लेट राख्न अनिवार्य गरिएको छ ।’

इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लुकेको भन्दै युवा संघ अध्यक्ष पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि लिखित उजुरी दिइने बताउनुभयो । विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइदैनँ, महंगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको व्यानर समेत प्रदर्शन गरिएको थियो ।