२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीकर्ताको नेप्से अगाडि धर्ना, प्रहरीको हस्तक्षेप



अ+ अ-

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएपछि निराश लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय घेराउ गरेका छन् । पुँजीबजार सुधार र विस्तारका लागि सेयर लगानीकर्ताहरुले गठन गरेको संघर्ष समितिले नेप्से कार्यालय घेराउ गरेको हो ।

घेराउमा बसेका लगानीकर्ताहरुले शेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने बताउँदै आएका छन् । लगानीकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अहिले केही लगानीकर्तालाई पक्रेर लगेको छ ।

संघर्ष समितिका संयोजक तिलक कोइरालाका अनुसार लगानीकर्ताले अघि सारेका १९ बुँदे मागप्रति सरकारले बेवास्ता गरेकोले प्रदर्शनमा उत्रिनुपरेको बताए।

लगानीकर्ताले १९ बुँदे माग अघि सार्दै २५ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन्। लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताले उठाएका मागहरुबारे तत्काल निर्णय गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी लगानीकर्ताहरुले पूँजीबजारमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताहरुको समस्या समाधान गर्न पहल गर्न निर्देशन दिनुभएको थियो ।