२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी २० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी-२० विश्वकपपछि टी-२० टिमको कप्तान पद छाड्ने कोहलीले जनाएका हुन् । विराटले वर्क लोड कम गर्न टी-२० को कप्तानी छाडेर टेष्ट र एकदिवसीयमा केन्द्रित हुने जानकारी दिएका छन् ।

कोहली हाल भारतीय टिमको तीनै फम्र्याटको कप्तान छन् ।

अब हाल उपकप्तान रहेका रोहित शर्माले टी-२० टिमको कप्तानी गर्ने सम्भावना छ ।