• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा जोड



file photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिनुभएको छ ।

बिमस्टेक को २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै आज उहाँले यस क्षेत्रको आर्थिक साझेदारी प्रवद्र्धन गर्न एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिनुभएको हो । प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकाङ्क्षा पूरा गर्न सङ्गठनलाई सक्षम बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्व एसियाबीचको सदियौँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्धलाई पुनर्जीवित गरेको र सदस्य राष्ट्रबीच अर्थपूर्ण सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण कदम चालेको बताउनुभएको छ । त्यस्तै, बडापत्रमा हस्ताक्षर, महत्वपूर्ण कानुनी औँजारको अवलम्बन, सहयोगका क्षेत्र र उपक्षेत्रहरूको पुनर्संरचनासहित पाँचौँ शिखर सम्मेलनले शान्ति, समृद्ध र दिगो बङ्गालको खाडी क्षेत्रका लागि सहकार्य र साझेदारीको स्पष्ट सन्देश दोहो¥याएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले यी उपकरणहरूको समयबद्ध कार्यान्वयनले पक्कै पनि बिमस्टेक प्रक्रियालाई नयाँ गति दिने बताउनुभएको छ । त्यस्तै, छुट्टै सन्देशमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेक प्रक्रियालाई पुनरुत्थान गर्न र यस वर्षलाई नयाँ सङ्कल्प, ठोस् कार्य र ठोस् नतिजासहितको महत्वपूर्ण वार्षिकोत्सव बनाउन राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले सन् २०१८ मा काठमाडौँमा भएको चौथो शिखर सम्मेलनबाट सुरु भएको संस्थागत सुदृढीकरणको पहल हालै कोलम्बोमा सम्पन्न पाँचौं शिखर सम्मेलनमा परिणत भएको बताउँदै शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । बिमस्टेकले सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई सुदृढ गर्न थप फड्को मार्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री खड्काले क्षेत्रीय प्रक्रियामा रचनात्मक योगदान गर्ने नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।