१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

‘पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !’

‘पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !’
अ अ+ अ-

एजेन्सी । पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ ।

पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो ।

अति महत्वाकाङक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक,आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी ट्रु सिलोनले गरेको छ ।

“विदेशी मुद्रा सञ्चिति, खाद्यान्न, इन्धन र औषधिको अभावले पाकिस्तानले पनि चाँडै नै श्रीलङ्कालेझै सङ्कटको सामना गर्नु पर्योभने अचम्म नमान्दा हुन्छ,” पाकिस्तानको राजनीतिक नेतृत्व सत्ताका केन्द्रित भएको आरोप लगाउँदै ट्रु सिलोनले भनेको छ । आर्थिक नीतिप्रति राजनीतिक दलहरू गम्भीर नभएकाले परिस्थिति थप जटिल बन्दै गएको छ ।

पाकिस्तानको चालु खाता घाटा तीव्र गतिमा बढेको तथा विदेशी मुद्रा सञ्चिति पनि उस्तै गतिमा घटिरहेको, खाद्यान्न र इन्धनको आयातमा भारी वृद्धि भएको तथ्याङ्क ट्रु सिलोनले समाचारमा प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०२०–२१ (जुलाई–अप्रिल) मा ४४.७ अर्ब अमेरिकी डलरको आयात भएकामा आर्थिक वर्ष २०२१–२२ (जुलाई–अप्रिल) मा करिब ५८ प्रतिशतले बढेर ६५.५ अर्ब अमेरिकी डलर पुगेको, अघिल्लो आर्थिक वर्षमा ८.७ अर्ब अमेरिकी डलरमा सीमित रहेको पेट्रोलियम पदार्थको आयात ९५ प्रतिशतले बढेर १७ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ । व्यापार घाटा पनि २४ अर्ब डलरबाट बढेर ३९ अर्ब डलर पुगेको छ ।