६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) ले मन्त्री फिर्ता गर्दै !



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा सो पार्टीबाट संघीय सरकारमा सहभागी भएका मन्त्रीहरु हेरफेर गर्नेबारे कुराकानी भएको छ । उपमहासचिव विजय पौडेलका अनुसार मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालले शीर्ष नेताहरुसँग परामर्श गरेर गर्नेछन् ।

अहिले बहाल मन्त्रीहरुलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको बताइएको छ । सचिवालय बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपमहासचिव पौडेलले मन्त्रीहरुलाई पठाएको छ महिना व्यतित भइसकेकाले शीर्ष नेतासँग समझदारी गरेर उपयुक्त ठानेमा अध्यक्ष नेपालले उपयुक्त निर्णय लिनुहुने बताए ।

उनले पार्टीले मन्त्रीको हेरफेर गर्ने निर्णय गरे सबै मन्त्रीले मान्नुपर्ने बताए । यसलाई मन्त्रीहरुले स्वाभाविक मान्नुपर्ने उनको भनाइ थियो ।