७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा भयानक दुर्घटना : कन्टेनर डिपोमा आगलागी, २० जनाको मृत्यु, ४५० भन्दा बढी घाइते



अ+ अ-

ढाका । दक्षिणपूर्वी बंगलादेशको एक निजी कन्टेनर डिपोमा शनिबार राति भएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ४५० भन्दा बढी घाइते भएका छन् ।

अधिकारीहरुले आइतबार सो जानकारी दिएका हुन् । चटगाउँको सीताकुण्ड उपजिल्लाको कदमरसूल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा शनिबार राति आगलागी भएको डेली स्टार पत्रिकाले जनाएको छ ।

डिपोमा भएको आगलागी र त्यसपछिका विस्फोटमा प्रहरी र दमकलकर्मीसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।

ढाका ट्रिब्यूनले ‘रेड क्रिसेन्ट युथ चटगाउँ’ का स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामलाई उद्धृत गर्दै भनेको छ, “घटनामा ४५० जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये कम्तीमा ३५० जनाको सीएमसीएच (चटगाउँ उपचार भइरहेको छ । मेडिकल कलेज हस्पिटल) मा भर्ना गरिएको छ ।”

इस्लामले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए । यस अवधिमा तीन दमकलकर्मीको पनि मृत्यु भएको दमकल स्रोतले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी छ ।

पुरै अस्पताल घाइतेले भरिएको छ

नीय सञ्चारमाध्यमका अनुसार विष्फोट यति शक्तिशाली थियो कि वरपरका भवनका झ्यालका सिसा समेत फुटेका छन् र विष्फोट ४ किलोमिटर टाढासम्म महसुस गरिएको छ ।

यो सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट मात्र ४० किलोमिटरको दूरीमा अवस्थित छ। सहरको अस्पताल घाइतेले भरिएको छ । आइतबार बिहान आगो निभाउने प्रयास केही घण्टापछि पनि जारी रहेको थियो ।

यसअघि पनि बंगलादेशमा भीषण आगलागीका घटना

डिपोका निर्देशक मुजिबुर रहमानले एएफपी समाचार एजेन्सीलाई डिपोमा करिब ६०० जना काम गर्ने गरेको बताए।

बंगलादेशमा बारम्बार आगलागीका घटना भइरहेका छन् । गत वर्ष देशको दक्षिणी भागमा एउटा डुङ्गामा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।

गत वर्ष ढाका नजिकै रुपगञ्जको एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा तेल ट्याङ्कीमा विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो ।