२ पुष २०८२, बुधबार
,
Latest
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा भयानक दुर्घटना : कन्टेनर डिपोमा आगलागी, २० जनाको मृत्यु, ४५० भन्दा बढी घाइते



अ+ अ-

ढाका । दक्षिणपूर्वी बंगलादेशको एक निजी कन्टेनर डिपोमा शनिबार राति भएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ४५० भन्दा बढी घाइते भएका छन् ।

अधिकारीहरुले आइतबार सो जानकारी दिएका हुन् । चटगाउँको सीताकुण्ड उपजिल्लाको कदमरसूल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा शनिबार राति आगलागी भएको डेली स्टार पत्रिकाले जनाएको छ ।

डिपोमा भएको आगलागी र त्यसपछिका विस्फोटमा प्रहरी र दमकलकर्मीसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।

ढाका ट्रिब्यूनले ‘रेड क्रिसेन्ट युथ चटगाउँ’ का स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामलाई उद्धृत गर्दै भनेको छ, “घटनामा ४५० जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये कम्तीमा ३५० जनाको सीएमसीएच (चटगाउँ उपचार भइरहेको छ । मेडिकल कलेज हस्पिटल) मा भर्ना गरिएको छ ।”

इस्लामले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए । यस अवधिमा तीन दमकलकर्मीको पनि मृत्यु भएको दमकल स्रोतले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी छ ।

पुरै अस्पताल घाइतेले भरिएको छ

नीय सञ्चारमाध्यमका अनुसार विष्फोट यति शक्तिशाली थियो कि वरपरका भवनका झ्यालका सिसा समेत फुटेका छन् र विष्फोट ४ किलोमिटर टाढासम्म महसुस गरिएको छ ।

यो सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट मात्र ४० किलोमिटरको दूरीमा अवस्थित छ। सहरको अस्पताल घाइतेले भरिएको छ । आइतबार बिहान आगो निभाउने प्रयास केही घण्टापछि पनि जारी रहेको थियो ।

यसअघि पनि बंगलादेशमा भीषण आगलागीका घटना

डिपोका निर्देशक मुजिबुर रहमानले एएफपी समाचार एजेन्सीलाई डिपोमा करिब ६०० जना काम गर्ने गरेको बताए।

बंगलादेशमा बारम्बार आगलागीका घटना भइरहेका छन् । गत वर्ष देशको दक्षिणी भागमा एउटा डुङ्गामा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।

गत वर्ष ढाका नजिकै रुपगञ्जको एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा तेल ट्याङ्कीमा विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो ।