२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

चरीकोट । दोलखाको चरीकोट जिरी सडकखण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागार्इं स्मृति अस्पतालमा पु¥याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो ।

गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताउनुभयो । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।