२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा राप्रपा प्रवेशले फेरि गति लियो, वाणिज्य क्षेत्रका अगुवाहरु राप्रपामा प्रवेश



अ+ अ-

भद्रपुर । स्थानीय तहको निर्वाचन सकिनासाथ झापामा राप्रपा प्रवेश गर्ने क्रम फेरि शुरु भएको छ ।

पार्टीको विविध कार्यक्रमको सिलसिलामा झापा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्र नं ३ तरूण दलको अध्यक्ष तथा उधोग बाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष खड्ग लिम्बू, तरूण दल भद्रपुर नगर सचिव तथा उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्ष सन्तोष धमला, नेकाका क्षेत्रीय प्रतिनिधि दिलकुमारी राई लगायतलाई पार्टीको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराउनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको र राप्रपालाई जनताले खोजेको शक्ति बन्दै गएको बताउनु भएको छ ।

राप्रपा प्रवेश गर्ने कसैले पनि कहिल्यै पश्चाताप गर्नु नपर्ने र शीर झुकाउनु पर्ने अवस्था आउन नदिने समेत बताउनु भएको छ ।