२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्याख्यात्मक घोषणा लाज ढाक्न पातलाे लँगौटी ओडे जस्तै : डा भट्टराई



अ+ अ-

काठमाडौँ,।  जनता समाजवादी पार्टीका संघीय  परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा एमसीसी स्वीकार गर्नु लाज ढाक्न पालतो  लँगौटी ओडेको जस्तै भन्दै व्यंग्य गर्नुभएको  छ ।

ता भट्टराईले हिजो सम्म एमसीसीका बारेमा अनाबश्यक रुपमा गिजोलेको आरोप लगाउदै उहाँले भन्नुभयो ‘यो एउटा अनुदान मात्र थियो तर गिजोलेर यस्तो बनाइयो, बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो । ’

नेता भट्टराईले भन्नुभयो एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो बिकासमा लागि बिप्पा , बिराआई , एमसीसी सबैको सहयोग लिनुपर्छ । उहाँले  अमेरिकाले नेपालको हितमा दिने अनुदानलाई गिजोलेर अहिले देशलाई नै दुई मतमा विभाजन गरेको आरोेप लगाउनुभयो ।