२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतो पुतलीबाट लाग्ने सापु रोगको जोखिम बढ्दो



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् । सिजनल हाईपरएक्युट पानुभिआईटिस अर्थात सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने वित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।

त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन सुरु हुने भएका कारण भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताउनुभएको छ । बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उहाँले बताउनुभयो । पोखरामा ५० भन्दा धेरै यस रोगका संक्रमितहरु उपचाररत रहेकाले यसको प्रकोप बढिरहेको उहाँको भनाइ छ । त्रिवि शिक्षण अस्पतालमा पोखराबाट रेफरमार्फत् आएको एक जनाको अहिले उपचार जारी रहेको उहाँले बताउनुभयो ।

यो रोग लागेको लक्षण देखिनासाथ ४५ घण्टाभित्र उपचार सुरु भए सामान्य अवस्थामै ठिक हुने भए पनि ढिला हुँदा शल्यक्रिया नै गर्नुपर्ने डा। भट्टराई बताउनुहुन्छ । यसकारण आँखामा कुनै समस्या देखिनासाथ तुरुन्त जाँच गराउन उहाँको आग्रह छ ।

सापु रोग लाग्दा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको कालो भागको बीचमा सेतो हुँदै जाने, ज्यादै छोटो समयमा दृष्टि कम हुँदै जानु, आँखा पाके जस्तो देखिए पनि चिप्रा पटक्कै नआउने नै यसका मुलभूत लक्षणहरु रहेको उहाँको भनाइ छ ।

नेपालमा यो रोग २०३२ सालमा पोखरामा देखापरेको थियो । त्यसको चार वर्षपछि मात्र डा। मदन उपाध्यायको टोलीले यो रोगको नाम सापु राखेको हो । यो रोग देखिएको चार दशक भए पनि यसको कारण सेतो पुतलीलाई मात्र लिइएको छ । बत्तिको वरपर घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको कारणले नै यो रोग लाग्ने विज्ञहरु बताउनुहुन्छ ।, यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।