६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतो पुतलीबाट लाग्ने सापु रोगको जोखिम बढ्दो



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् । सिजनल हाईपरएक्युट पानुभिआईटिस अर्थात सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने वित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।

त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन सुरु हुने भएका कारण भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताउनुभएको छ । बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उहाँले बताउनुभयो । पोखरामा ५० भन्दा धेरै यस रोगका संक्रमितहरु उपचाररत रहेकाले यसको प्रकोप बढिरहेको उहाँको भनाइ छ । त्रिवि शिक्षण अस्पतालमा पोखराबाट रेफरमार्फत् आएको एक जनाको अहिले उपचार जारी रहेको उहाँले बताउनुभयो ।

यो रोग लागेको लक्षण देखिनासाथ ४५ घण्टाभित्र उपचार सुरु भए सामान्य अवस्थामै ठिक हुने भए पनि ढिला हुँदा शल्यक्रिया नै गर्नुपर्ने डा। भट्टराई बताउनुहुन्छ । यसकारण आँखामा कुनै समस्या देखिनासाथ तुरुन्त जाँच गराउन उहाँको आग्रह छ ।

सापु रोग लाग्दा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको कालो भागको बीचमा सेतो हुँदै जाने, ज्यादै छोटो समयमा दृष्टि कम हुँदै जानु, आँखा पाके जस्तो देखिए पनि चिप्रा पटक्कै नआउने नै यसका मुलभूत लक्षणहरु रहेको उहाँको भनाइ छ ।

नेपालमा यो रोग २०३२ सालमा पोखरामा देखापरेको थियो । त्यसको चार वर्षपछि मात्र डा। मदन उपाध्यायको टोलीले यो रोगको नाम सापु राखेको हो । यो रोग देखिएको चार दशक भए पनि यसको कारण सेतो पुतलीलाई मात्र लिइएको छ । बत्तिको वरपर घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको कारणले नै यो रोग लाग्ने विज्ञहरु बताउनुहुन्छ ।, यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।