६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फुटपाथ व्यापारीको कब्जामा, यात्रुलाई सास्ती (फोटोफिचर)



अ+ अ-

काठमाडौं । राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरु हुन्छ ।

साँझको बढ्दो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ । नगरप्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन् ।

सडकमा झोला बोकेर, सिक्रि,लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ । फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्न समेत कठीन हुने गरेको चालकहरु बताउँछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन् । सटरमा व्यापार गर्नेहरुले पुराना र स्कट समान, बासी तरकारी बेच्न फुछपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन ।

प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै । सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ । त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ । काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल,कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् । नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन ।

तर दिनभर भने सडक व्यापार प्रतिबन्धित छ । हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ । साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन् । र त्यही व्यपारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागिपर्छन् ।