२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशत वृद्धि



अ+ अ-

पर्सा । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रु ३५ अर्ब १३ करोड बढी अर्थात् रु ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ । यो ९२दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्षको १० महिनामा रु एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व सङ्कलन भएकामा चालू आवको सोही अवधिमामा रु २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रु एक खर्ब ७० अर्ब ७० करोड राजस्व सङ्कलन भएको बताउनुभयो ।