१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एमसीसी सम्झौता राष्ट्रघाती रहेकाले त्यसमा व्याख्यात्मक प्रस्तावको औचित्य छैन – प्रेम सुवाल

एमसीसी सम्झौता राष्ट्रघाती रहेकाले त्यसमा व्याख्यात्मक प्रस्तावको औचित्य छैन – प्रेम सुवाल
अ अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसमा व्याख्यात्मक प्रस्तावको औचित्य नरहेको बताउनु भएको छ । 

आईतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले एमसीसी सम्झौतामा व्याख्यात्मक प्रस्ताव स्विकार नगर्ने अमेरिकाले स्पष्ट पारिसकेको पनि सत्तारुढ गठबन्धनलाई स्मरण गराउनु भयो । 

उहाँले एमसीसी सैन्य मोर्चा भएको उल्लेख गर्दै त्यसमा आर्थिक वृद्धि र गरिवी अन्त्य गर्ने भनेर झुटो प्रावधान राखेको दावी गर्नु भयो । सांसद सुवालले प्रधानमन्त्री देउवाले ‘विष सरह’ रहेको एमसीसीलाई सित्तैमा आउने अनुदान भनेर देश नै नरहने प्रस्ताव संसदमा पेश गरेको आरोप लगाउनु भयो । उहाँले एमसीसीमा उल्लेख गरिएको कुनै पनि प्रावधान नेपालको हितमा नरहेको पटकपटक दोहो¥याउनु भयो । एमसीसी नेपालका लागि ‘विष सरह’ रहेको र सो पिए नेपाल नै नरहने उहाँको भनाई थियो । 

सांसद सुवालले भन्नु भयो,  ‘एमसीसी भनेको सैन्य मोर्चा भएको स्पष्ट उल्लेख गरिएको छ । आर्थिक वृद्धि र गरिवी अन्त्य झुटो हो । यसकारण व्याख्यात्मक प्रस्तावको औचित्य छैन । यस्तो प्रस्ताव अमेरिकाले स्विकार नगर्ने बताइसकेको छ । प्रधानमन्त्री देउवाजीले सित्तैमा आउने, किन नलिने तथा देशघाती कहाँ छ भन्नु भयो, सित्तैमा आएको विष पिए के होला ? मृत्यु हुन्छ अर्थात् देश रहँदैन । अमेरिकाको वर्तमान र भविष्यको कानुन उलंघन गर्न नपाउने र सम्झौताको अवधि पाँच वर्षपछि अनन्त कालसम्म पनि यसको व्यवस्था कायम रहने सम्झौतामा उल्लेख छ । 

ती व्यवस्था नेपालको हितमा छैनन् । नेपालको घरायशी कृषि, उद्योग, यातायत, शिक्षा आदिको लागि विजुली पर्याप्त भईसकेको छैन । अमेरिकी अधिकारीहरुले नै एमसीसी सैन्य मोर्चा भएको स्विकार गरेका छन । क्रिश्चियली दन्तेकथा पाण्डुराको बाकस खोलिँदा हिंसा, युद्ध, रोग, भोक, मृत्युजस्ता खरावी बाहिरिएजस्तै एमसीसी सम्झौता संसदबाट पारित गरिए त्यस्तै परिणाम आउनेछ ।’

सांसद सुवालले एमसीसी संसदबाट पारित गरे नेपालमा हिंसा, युद्ध, भोक, रोग र मृत्यमात्रै हात लाग्ने चेतावनी समेत दिनु भयो ।