• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

आइतबार चोरमारामा सडक अवरुद्ध हुने



नवलपुर । यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारामा छ घण्टा सडक अवरुद्ध हुने भएको छ । सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ । पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको प्रजिअ घिमिरेले बताउनुभयो ।

उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ । विस्तारका क्रममा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डमा पुराना फलामे पुल पुराना भएकाले मर्मत गर्दै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । राजमार्ग विस्तारसँगै पुराना फलामका पुल विस्थापित गरी नयाँ पक्की पुल बनाउनका लागि संरचना निर्माणको कामसमेत भइरहेको छ ।