२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

शुक्रबार बस्ने भनिएको बैठक अनिनिश्चित कालका लागि स्थगित भएको हो । स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादी केन्द्रले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने बताएको थियो । संसद्को बैठक बसिरहेको र सांसदहरु त्यतै व्यस्त रहनुपरेकाले बैठक स्थगित गरिएको जनाइएको छ ।

संसद्को बैठकमा ह्विप जारी भएकाले पार्टीका मन्त्री, सांसद्समेत रहेका केन्द्रीय सदस्यहरु बैठकमा केन्द्रीत हुनुपरेकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।

केन्द्रीय समितिको बैठकले अहिलेसम्म केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । आज शुक्रबार समितिको बैठक बसेर स्थानीय तहको निर्वाचनबारे समीक्षा गर्ने र आगामी असार १५ गते पदाधिकारी चयन गर्ने पार्टीको पूर्व स्थायी समितिको बैठकले निर्णय गरेको थियो ।