६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

शुक्रबार बस्ने भनिएको बैठक अनिनिश्चित कालका लागि स्थगित भएको हो । स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादी केन्द्रले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने बताएको थियो । संसद्को बैठक बसिरहेको र सांसदहरु त्यतै व्यस्त रहनुपरेकाले बैठक स्थगित गरिएको जनाइएको छ ।

संसद्को बैठकमा ह्विप जारी भएकाले पार्टीका मन्त्री, सांसद्समेत रहेका केन्द्रीय सदस्यहरु बैठकमा केन्द्रीत हुनुपरेकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।

केन्द्रीय समितिको बैठकले अहिलेसम्म केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । आज शुक्रबार समितिको बैठक बसेर स्थानीय तहको निर्वाचनबारे समीक्षा गर्ने र आगामी असार १५ गते पदाधिकारी चयन गर्ने पार्टीको पूर्व स्थायी समितिको बैठकले निर्णय गरेको थियो ।