२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित



अ+ अ-

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ ।

एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । यस्तै यती एयरलाइन्सका बिहीबारका लागि काठमाडौँबाट पाँच र नेपालगञ्जबाट हुने पाँच उडान रद्द भएका छन् ।

उडान गन्तव्यमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडान रद्द भएको प्रवक्ता बर्तौलाले बताउनुभयो ।

चार दिन पहिला पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो । दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो ।