९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गाउँ पर्यटन’ सल्लाहकारमा पत्रकार सिलवाल नियुक्त



अ+ अ-

काठमाडौँ । पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकारमा नियुक्त गरेको छ ।

पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा पहिलो पत्रकारका रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गर्नुभएको थियो । टुर–ट्रेकिङ गाइडिङमा पनि संलग्न उहाँ पदयात्रा प्रशिक्षकसमेत हुनुहुन्छ ।

लाङटाङ सद्भावना दूत सिलवालका ‘कलम’, ’लेखक दुनियाँ’ र ’श्रीलङ्का स्मृति’ कृति प्रकाशित छन् । पछिल्लो समय उहाँ प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानवजीवनलाई उज्यालो बनाउने उद्देश्यसहित सुरु गरिएको कखरा माध्यम प्रालि सञ्चालन गर्नुहुन्छ ।