४ आश्विन २०८१, शुक्रबार
,
Latest
सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक उडानको ‘इनरुट’ पूर्वानुमान गर्न सकिन्न– मौसम विभाग



अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको छ ।

विभागले एक सूचना जारी गर्दै प्रविधि र जनशक्ति अभावका कारण यस्तो पूर्वानुमान गर्न नसकिने विभागले जनाएको हो । विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना र इनरुट पूर्वानुमान दिए पनि आन्तरिक हवाई उडानका लागि त्यस्तो पूर्वानुमान दिएको छैन ।

महाशाखाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मौसम अवलोकनको सूचना मात्र दिँदै आएको सूचनामा बताएको छ । सूचनामा आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने बताइएको छ ।

यही जेठ १५ गते पोखराबाट जोमसोमतर्फ उडान भरेको तारा एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले इनरुट सफा नभएसम्म उडान नभर्न निर्देशन जारी गरेको थियो । यद्यपि इनरुट सफा भए वा नभएको सूचना कसले दिने भन्ने अन्योल छ ।