५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी बारे भ्रम छर्ने काम भयो: मिनेन्द्र रिजाल



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैले मागेको एमसीसी सम्झौंताको बिरोध गर्न नमिल्ने बताउनु भएको छ । नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताउनु भयो । आईतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उहाँले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गर्नु भयो । 

उहाँले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताउनु भयो । चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी बाहिरबाट लिने सहायता लिन्न भन्छौं । त्यो अनुदान हो । हामीले मागेको प्रोजेक्टमा हो । अनि हामी बखेडा कसरी निकाल्छौ भने– यो आयो भने अमेरिकी कानुन लाग्छ । यो आयो भने अमेरिकाको कानुनबाट नेपालको एमसिए परिचालित हुन्छ । नेपाल बौद्धिक सम्पत्तिको अधिकार जान्छ । हामीले यसरी प्रचार गर्दा चीन र भारतबाट सहायता लिऊ । विआरआईबाट सहायता लिऊ । यो सहायता हामी एमसीसीबाट लिन्छौ भने अरु सहायता चीनबाट लिऊ । 

हामी नेपालको विकास गर्ने बाटोमा जाऊ । चीन र भारत दुवैबाट फाईदा लिऊ । चीन, अमेरिका, भारत सबैबाट फाईदा लिऊ । हामी बेग्लै नेपाललाई एउटा टापु बनाएर बस्ने प्रयास नगरौं । त्यो चेतना सत्तामा बस्नेलाई पनि आओस् । त्यहाँ बसेर नारा लगाउने साथीहरुलाई पनि आओस् । नारा लगाएर मात्रै समस्याहरु समाधान हुँदैनन् । तपाईहरुका माग होलान, ती माग पूरा गर्ने पनि वातावरण बनाउनुपर्ने हुन्छ । हिँजोसँग सरकारमा हुनुहुथ्यो । सम्झौता लिएर आउनु भयो । आज विभिन्न ढंगले मुलुकलाई अप्ठयारोमा पार्ने काम नगर्नुस् ।’

नेता रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई एमसीसी सम्झांैता ल्याउने बेलामा सामेल हुने तर पारित गर्ने बेलामा अप्ठयारो पार्ने काम नगर्न आग्रह गर्नु भयो ।