२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रलोभनमा पर्दिनँ : माधव नेपाल



अ+ अ-

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताउनुभएको छ । सुर्खेतमा आयोजना गरिएको स्थानीय तहको निर्वाचनमा पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उहाँले प्रधानमन्त्रीका लागि आफू कुनै पनि प्रकारको प्रलोभन र लालचमा नपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्रीको अफर आएको बताउनुभएको भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “मैले उहाँलाई त्यस्तो प्रस्ताव आफूलाई पनि आएको छ भनेर संकेत गरेँ, म प्रधानमन्त्रीका लागि कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे होइन्, यो कार्ड मान्छेलाई मूर्ख बनाउने तरिका मात्र हो ।”

उहाँले वाम गठबन्धन र नेकपा (एमाले) सँग एकीकरणको चर्चा चले पनि तत्काल यी दुवैको सम्भावना नरहेको बताउनुभयो । उहाँका अनुसार एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना छैन ।