१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एमसीसी बारे भ्रम छर्ने काम भयो: मिनेन्द्र रिजाल

एमसीसी बारे भ्रम छर्ने काम भयो:  मिनेन्द्र रिजाल
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैले मागेको एमसीसी सम्झौंताको बिरोध गर्न नमिल्ने बताउनु भएको छ । नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताउनु भयो । आईतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उहाँले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गर्नु भयो । 

उहाँले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताउनु भयो । चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी बाहिरबाट लिने सहायता लिन्न भन्छौं । त्यो अनुदान हो । हामीले मागेको प्रोजेक्टमा हो । अनि हामी बखेडा कसरी निकाल्छौ भने– यो आयो भने अमेरिकी कानुन लाग्छ । यो आयो भने अमेरिकाको कानुनबाट नेपालको एमसिए परिचालित हुन्छ । नेपाल बौद्धिक सम्पत्तिको अधिकार जान्छ । हामीले यसरी प्रचार गर्दा चीन र भारतबाट सहायता लिऊ । विआरआईबाट सहायता लिऊ । यो सहायता हामी एमसीसीबाट लिन्छौ भने अरु सहायता चीनबाट लिऊ । 

हामी नेपालको विकास गर्ने बाटोमा जाऊ । चीन र भारत दुवैबाट फाईदा लिऊ । चीन, अमेरिका, भारत सबैबाट फाईदा लिऊ । हामी बेग्लै नेपाललाई एउटा टापु बनाएर बस्ने प्रयास नगरौं । त्यो चेतना सत्तामा बस्नेलाई पनि आओस् । त्यहाँ बसेर नारा लगाउने साथीहरुलाई पनि आओस् । नारा लगाएर मात्रै समस्याहरु समाधान हुँदैनन् । तपाईहरुका माग होलान, ती माग पूरा गर्ने पनि वातावरण बनाउनुपर्ने हुन्छ । हिँजोसँग सरकारमा हुनुहुथ्यो । सम्झौता लिएर आउनु भयो । आज विभिन्न ढंगले मुलुकलाई अप्ठयारोमा पार्ने काम नगर्नुस् ।’

नेता रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई एमसीसी सम्झांैता ल्याउने बेलामा सामेल हुने तर पारित गर्ने बेलामा अप्ठयारो पार्ने काम नगर्न आग्रह गर्नु भयो ।