• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

पामद्वारा ओलम्पियन सब्रिना सम्मानित



सब्रिनालाई प्रशंसा पत्र प्रदान गरिदै ।

काठमाडौं

बन्दी सहायता नियोग (पाम) ले चार पटक विश्व खेलकुदकै सबै भन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाइ सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोरण गरेकी थिइन् ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन् । त्यहाँदेखी बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरिन् । त्यसक्रममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगरले सब्रिनाको यात्रामा समन्वय गरेकी थिइन् ।

बेइजिङ ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएकी सब्रिनाले लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । विश्व च्याम्पियनसिपमा २ कांस्य जितेकी छन् भने युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै बनिन् । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् ।

पामका जुडो खेलाडी सब्रिनालगायतसंग सामूहिक तस्वीर खिचाउदै ।

नेपाल आएका बेला सब्रिनाले पामका जुडो खेलाडीलाई प्रशिक्षण पनि दिने गर्छिन् । सोलुखुम्बुको मन्जुमा रहेको एभरेष्ट जुडो क्लबलाई सामाग्रीसहित सब्रिनाले विशेष सहयोग गर्दै आएको पामका जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् । पाममा ३५ जना आश्रित छन् । ति मध्ये ३४ जना जुडो खेल्छन् । सागका पदक विजेता मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठलगायत पामकै उत्पादन हुन् ।

पामका सचिव प्रेम लामा, सदस्य कृष्णबहादुर श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सब्रिनालाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे । सब्रिनाकै भ्रमण टोलीमा रहेका आईजेएफका मिडिया डाइरेक्टर निकोलस, रिपोटर जोइ र क्यामेराम्यान रोविनलाई पनि मायाको प्रदान गरियो ।

अध्यक्ष वज्राचार्यले एक जुडो खेलाडीले विश्वको सवोच्च शिखर आरोहण गर्नु समग्र जुडो परिवारका गर्वको कुरा भएको बताउदै सब्रिना अत्यन्तै मिहिनेती र दृष्ढ इच्छा शक्ति भएको खेलाडीका रुपमा चित्रण गरे ।

सब्रिनाले पामका जुडो खेलाडीमा विगताको भन्दा धेरै सुधार भएको प्रतिक्रया दिदै खेलाडीले आफ्नो लक्ष्य साकार गर्न कडा परिश्रम गर्नु पर्नेमा जोड दिइन् ।

सदस्य श्रेष्ठले सब्रिनालाई पामको सहयोग हात भएको बताउदै पामको स्थापना र पामले गर्ने कामका बारेमा प्रकाश पारेका थिए ।