२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा



अ+ अ-

चरीकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो । भौगलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरीकोट तथा काठमाडौँ जानुपर्ने बाध्यता रही आएको छ । यसअघि पालिकाभित्र तथा पालिकाभन्दा बाहिर जिल्लाभित्र र जिल्ला बाहिर बिरामी बोकेर जाने एम्बुलेन्सको लागि पालिकाले निश्चित भाडादर निर्धारण गरेको थियो । पालिकाभित्रका क वर्गका अपाङग तथा गर्भवतीका लागि स्वास्थ्य संस्थासम्म जानका लागि गाडी भाडाको अभावमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको र स्वास्थ्य क्षत्रमा सुधार हुने गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङले बताउनुभयो ।

त्यस्तै कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र र पालिकाभित्रका अन्य वडालाई लक्षित गरी सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाले प्रत्येक साताको आइतबार र सोमबार भोर्लेबाट पालिकाले दिने सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । यसअघि पालिकाको कार्यालय सुरीबाट मात्रै प्रवाह हुने सेवालाई थानियको समस्यालाई मध्यनजर गर्दै भोर्लेबाट दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।